ने वि संघ स्याङ्जा द्धारा आमोर बालगृहलाई सहयोग

प्रकाशित मिति:

जेठ २४, स्याङ्जा । नेपाल विद्यार्थी सङ्घ स्याङ्जा क्षेत्र नं १ को कार्यसमिति र नेपाल बिद्यार्थी सङ्घ फेदीखोलाले अमोर बालगृहलाई आवश्यक राइसकुकर, डिस्पेन्सर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। नेपाल बिद्यार्थी सङ्घ स्याङ्जा क्षेत्र नं १ का सभापति विज्ञान भण्डारीको संयोजकत्वमा भएको उक्त कार्यक्रममा स्याङ्जाको फेदीखोला गाँउपालिका वडा नं १ मा रहेको बालगृहलाई उक्त सामाग्री अत्यावश्यक रहेको जानकारी पाएसँगै सामाजिक जिम्मेवारी वहन गर्दै सङ्घले दश लिटरको १ थान राइस कुकर र १ थान पानी तताउने डिस्पेन्सर गरी जम्मा उन्नाइस हजार रुपैया बराबरको सामग्री हस्तान्तरण गरेको हो।

यसैगरी नेपाल विद्यार्थी सङ्घ फेदीखोलाको तर्फबाट मास्क, स्यानिटाइजर, साबुन लगायतका सामाग्री सहयोग गरिएको थियो।‍सहयोग साम‍ग्री ग्रहण गर्दै आमिर बालगृहका अध्यक्ष कमला पराजुलीले कोभिड सङक्रमणका कारण समस्यामा रहेको यस संस्थालाई आवश्यक सामग्री सहयोग गरेकोमा सङ्घलाई धन्यवाद दिनुभयो। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै अनौपचाारिक रुपमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सङ्घ जिल्ला सभापति अजित क्षेत्रीले सामाजिक जिम्मेवारी वहन गर्दै सेवाभावले परिचालित यस संस्थालाई सहयोग गर्न आम स्याङ्जाबासीलाई अनुरोध गर्नुभयो।

नेपाल विद्यार्थी संघ स्याङ्जा क्षेत्र नं १ का संयोजक विज्ञान भण्डारीले सामाजिक दायित्व बोध गरेको यस् संस्थामा सामाग्री अभावको सुचना पाएसँगै सामग्री जुटाएर सहयोगका लागि आएको बताउनुभयो। उहाँले यस अभावका बिच डिस्टेन्सर सौजन्य गर्ने नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ स्याङ्जालाई धन्यवाद दिनुभयो। बालगृहमा हाल २७ जना बालबालिकाहरुले आवासीय शिक्षा लिइरहेका छन।

थप समाचार