सुनको मूल्य बढ्यो, तोलाको कति ?

प्रकाशित मिति:

बुटवल । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।