वीपी स्टडी युथ सर्कलले गर्यो टि-शर्ट सार्वजनिक

प्रकाशित मिति:

क्षितिज भण्डारी /बुटवल : बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशले एक कार्यक्रमको आयोजना गरि आफ्नो लोगो सहितको टि-शर्ट सार्वजनिक गरेको छ । रुपन्देहीको तिल्लोत्तमा स्थित बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष लक्ष्मण गौतमको निवासमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कोरोना महामारीका बिच टि-शर्ट बितरण कार्यक्रममा रुपन्देहीका विभिन्न स्थानिय तहका संयोजक , जिल्ला कार्यसमिति , प्रदेश कार्यसमितीका पदाधीकारीहरु र केन्द्रिय सदस्यको उपस्थित रहेको थियो । प्रदेश अध्यक्ष गौतमको भनाइ अनुसार सर्कलले धेरै ब्यक्तीलाई आमन्त्रण गर्ने इक्षा हुदाहुदै पनि कोरोना महामारीका बिच सामान्य कार्यक्रम गर्नुपरेको बताउनुभएको थियो ।

उहाँले सर्कलले विभिन्न ठाउँमा अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै आइरहेको र मानवसेवा नै मुल धर्म रहेको भनाईलाई आत्मसात गर्दै सहयोगी ब्यक्ती तथा संस्था बाट आएको रकम र सहयोग रुपन्देही जिल्लाभरका बिपन्नलाई हस्तान्तरण गर्न पाउँदा साच्चिकै धर्म गरेको आवास भएको बताउनुभएको थियो । साथै उहाँले अव देशमा बैचारिक ब्यक्ती र बैचारिक राजनीति जस्ले गर्न सक्छ उस्लाई हरेक ब्यक्तीले साथ र सहयोग गर्ने हुदा बैचारिक राजनीति गर्न समस्तलाई आव्हान गर्नुभएको थियो ।

स्थापना भएको छोटो समयमा विभिन्न सामाजिक काम गरि चर्चा कमाएको बिपी स्टडी युथ सर्कललाई लुम्बिनी प्रदेशभर प्रशंसा समेत गरिएको एक जानकार बताउनुहुन्छ । बिपी स्टडी युथ सर्कलमा नेबी संघ , तरुण दल , महिला संघ लगायत संगठनको राजनीतिले पोक्त परेका ब्यक्तिहरुको संलग्नता रहेको पनि छ ।