शंकर पोखरेल भन्छन्- ‘असंसदीय तरिकाले जुटाइएको बहुमत स्वतः बदरभागी’

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसदीय प्रणालीमा असंसदीय तरिकाले जुटाइएको बहुमत स्वतः बदरभागी हुने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

संसद् विघटनको मुद्धा सर्वोच्च अदालतमा सुनुवाई भैरहेको बेला पोखरेलले असंसदीय तरिकावाट जुटाइएको वहुमत स्वतः वदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई थाहा हुनुपर्ने जिकिर समेत गरेका छन् । उनले लेखेका छन्, ‘संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको वहुमत स्वतः वदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाह हुनुनै पर्ने हो ।’