गोंगबुबाट अपहरणमा परेका बालकको हत्या

१३ मंसिर २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
12 Shares


काठमाडौं , १३ मंसिर – काठमाण्डुको गोंगबुमा बालकको अपहरणपछि हत्या भएको छ ।दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ । बालकको शव म्हेपीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास बेपत्ता भएका हुन् । होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझ अपहरणमा परेका थिए । प्रहरीले अपहरणपछि हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया