सर्वोच्च अदालतले माग्यो एमीकस क्यूरी

प्रकाशित मिति:

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धीको मुद्दामा अदालतलाई सहयोग गर्न ४ सदस्यीय एमिकस क्युरीको माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक ईजलासले सर्वोच्च अदालत बार र नेपाल बार एसोसिएसनबाट २(२ जना गरी ४ सदस्यीय एमिकस क्युरीको माग गरेको हो।एमिकस क्युरीका चारै जना सदस्यलाई बहस नोट पेस गर्नका लागि असार १० सम्मको सीमा दिइएको छ। यस्तै निवेदक र प्रत्यर्थी तर्फका सबै कानुन व्यवसायीले पनि असार १० भित्र बहस नोट पठाउनुपर्ने छ।

बुधबार नै सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने निर्णयको फाइल ७ दिनभित्र अदालतमा पेस गर्न राष्ट्रपतिको कार्यालय र मन्त्रिपरिषद्को कार्यललयाई आदेश दिएको छ।प्रतिनिधि सभा विघटनसम्बन्धी मिति २०७८र०२र०७ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्रीले गर्नु भएको सिफारिस, तदनुसार राष्ट्रपतिबाट भएको निर्णयसम्बन्धी फाइल कागजात र सम्बन्धित कार्यालयहरूबाट आजका मितिले ७ दिनभित्र अनिवार्य रूपमा झिकाइ मिसिल सामेल राख्नू, इजलासले जारी गरेको आदेशमा भनिएको छ।

अब असार ९ बस्ने इजलासमा सबै कानुन व्यवसायीले १५ घण्टामात्र बहस गर्न पाउने इजलासको निर्णय छ। त्यसपछि मुद्दा किनारातर्फ लाग्नेछ। पुस ५ मा भएको प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा पनि अदालतले एमीकस क्यूरी मागेको थियो।