बीपी प्रतिष्ठान देशकै ‘एक नम्बर’ राजनीतिक अखडाः उपकुलपति गिरी

प्रकाशित मिति:

बुधबार पत्रकार सम्मेलनमा गिरीले आफैंले नेतृत्व गरेको प्रतिष्ठान र चितवनको भरतपुर अस्पताल धैरै राजनीति हुने संस्था भएको बताएका हुन्। उपकुलपति गिरी पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालको जोडबलमा २७ चैत २०७६ मा नियुक्त भएका थिए। प्रतिनिधि सभाको निर्वाचनमा ढकाललाई जिताउन खुलेर लागेका गिरीलाई त्यही गुण तिर्न प्रतिष्ठानको उपकुलपति नियुक्त गरिएको चर्चा छ।

पछिल्लो समय अक्सिजन प्लान्ट, कोभिड अस्पताल र एचडीयू कक्षमा अनियमितता भएको, मिलेमतोमा ठेक्का दिनुमा उनको समेत संलग्नता रहेको आरोप लागेको छ। आफूले जिम्मेवारी सम्हालेपछि कुनै अनियमितता नभएकोले हचुवामा आरोप नलगाउन गिरीले आग्रह गरे। प्रतिष्ठानमा अनियमितता भएको विषय उठेपछि नागरिक समाजको अगुवाइमा दबाव समूहसमेत गठन भएको छ।सोही कार्यक्रममा बोल्दै प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले पनि संस्थाको मूल समस्या राजनीति भएको उल्लेख गरे। शिक्षाध्यक्ष डा. गुरु खनालले बीपीको स्वास्थ्य सेवा, अनुसन्धान र जनशक्ति उत्पादन गुणस्तरीय भए पनि राजनीतिक विवादले सबै ओझेल पारेको बताए। उनले भने, “सबैलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन, यहाँ राम्रा कुरा धेरै छन्। बाँकी विषय सबै मिलेर सुधार गर्नुपर्छ।”