प्रदेश २ मा कांग्रेसले पायो तीन मन्त्रालय, साँझ ७ बजे सपथ

प्रकाशित मिति:

जनकपुरधाम । नेपाली काँग्रेस तीन मन्त्रालय लिएर प्रदेश २ सरकारमा सहभागी हुने निश्चित भएको छ । कांग्रेसका तीन मन्त्रीले आजै साँझ सपथग्रहण गर्नेछन् ।विगत तीन दिनको प्रयासपछि सत्तारुढ जसपासँग नेपाली कांग्रेसले सहमति गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री ज्ञानेन्द्र यादवका अनुसार आज साँझ साढे ७ बजे सपथग्रहण कार्यक्रम राखिएको छ ।नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्दैछन् ।

यादवले भौतिक मन्त्रालय, शर्माले खानेपानी तथा सिँचाई र सिंहले सञ्चार मन्त्रालय पाएको बुझिएको छ ।मन्त्री यादवले माओवादीसँग पनि छलफल चलिरहेको बताए । उनले भने, ‘कांग्रेससँग सहमति भइसकेकाले आजै सपथ ग्रहण हुन्छ । माओवादी पछि सरकारमा सहभागी हुन्छ ।’जसपा अध्यक्ष महन्थ ठाकुर समूह संघीय सकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए ।