परराष्ट्रमन्त्री महासेठ र भारतीय राजदूतबीच भेट

प्रकाशित मिति:

काठमाडौं- उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रबीच भेट भएको छ।सिंहदरबारस्थित मन्त्रालय बुधबार भएको भेटमा कोरोनाविरुद्ध खोप र आपसी हितका विभिन्न विषयमा छलफल भएको बताइएको छ।भेटमा मन्त्री महासेठले नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप पठादिन आग्रह गरेका थिए। नेपालले सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको १० लाख डोज भारत सरकारले रोकेको छ।

 

उक्त खोप छिटो उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौं( उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रबीच भेट भएको छ।सिंहदरबारस्थित मन्त्रालय बुधबार भएको भेटमा कोरोनाविरुद्ध खोप र आपसी हितका विभिन्न विषयमा छलफल भएको बताइएको छ।भेटमा मन्त्री महासेठले नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप पठादिन आग्रह गरेका थिए। नेपालले सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको १० लाख डोज भारत सरकारले रोकेको छ।उक्त खोप छिटो उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।