धुर्कोट गाउँपालिकाद्वारा नेपाल रेडक्रस सोसाइटी,उपशाखा वस्तु गुल्मीलाई धन्यवाद एवम् आभार प्रकट

प्रकाशित मिति:

गुल्मी- धुर्कोट गाउँपालिकाद्वारा नेपाल रेडक्रस सोसाइटी,उपशाखा वस्तु  गुल्मीलाई धन्यवाद एवम् आभार प्रकट गरेको छ । नेपाल रेडक्रस सोसाइटी धुर्कोट गाउँपालिका उपशाखा वस्तुद्धारा गुल्मीको धुर्कोट गाउँपालिका भित्रका ९ वटा स्वास्थ्य सँस्थालाई स्वास्थ्य सामागी्र हस्तान्तरण गरिएको छ ।

बुधबार नेपाल रेडक्रस सोसाइटी धुर्कोट गाउँपालिका उपशाखाका कोषाध्यक्ष राजन पोख्रेलले स्वास्थ्य सँस्थाका प्रमुखहरुलाई ९ थान स्टेचर, ९ सय थान सर्जिकल मास्क र वस्तु स्वास्थ्य चौकिलाई १ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कोषाध्यक्ष पोख्रेलले कोरोना महामारी नियन्त्रणमा गाउँपालिका सँग समन्वय गरी सँस्थाले आफु सक्दो सानो सहयोग गरेको र आगामि दिनहरुमा पनि सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले कोरोनाको महामारीको विषम परिस्थितिमा धुर्कोट गाउँपालिकालाइ विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराइदिएकोमा रेडक्रस सोसाइटी उपशाखा वस्तु  गुल्मीलाई धन्यवाद ज्ञापनपत्र जारी गरेको छ।