नेकपाको सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङगो लगायो

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टी को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको थियो । यस्तै अब नेकपाले केन्द्रीय समितिका सदस्यको कार्य्विभाजन, जनवर्गीय संगठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ ।
यसअघि मंगलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो ।
पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । यसैबीच प्रदेश नम्बर ५, को प्रदेश कमिटीका सदस्यहरुको सूची प्राप्त गरेको छ । जसमा २० सय ६ जना सदस्यहरु क्षेत्रिय कमिट चयन भएका छन् । जसमा साविक एमाले वाट २ सय ६ जना परेका छन् भने साविक माओवादीवाट ९७ जना परेका छन् ।
प्रदेश कमिटिमा ईन्चार्ज मुख्य मन्त्री शंकर पोख्रेल रहनु भएको छ भने सह ईन्र्चाजमा दल वहादुर राना तथा प्रदेश अध्यक्षमा ओमसरी घर्ति तथा सहअध्यक्षमा जग प्रसाद शर्मा यस अघि नै चयन भैसक्नु भएको थियो ।