जनआस्था पृथ्वी क्लवको सहजिकरणमा कञ्चनका बिपन्न घरपरिवारहरुलाई राहत बितरण

प्रकाशित मिति:

२६ जेठ,कञ्चन-बेदैशिक रोजगारको क्रममा जापानमा रहेका नारायण थापा, नर बहादुर थापा,अस्ट्रेलियामा रहेका मेनुका रसाइली र साउदीमा रहेका सुनिल पुलामीको पहलमा कोभिड १९ को संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्न गरिएको लकडाउनका कारण प्रभाबित बिपन्न तथा ज्याला मजदुरीमा निर्भर रहेका घरपरिवारहरुलाई कञ्चनमा मंगलवार देखि राहत बितरण गर्न कार्य शुरु भएको छ। जनआस्था पृथ्वी क्लव,कञ्चन ४,रुपन्देहीको सहजिकरणमा बैदेशिक रोजगारको क्रममा बिभिन्न देशमा रहेका क्लवका सदस्यहरुको पहलमा संकलित रकमबाट खाध्य तथा स्वास्थ्य सामाग्री खरिद गरी कोभिड १९ बाट आपद बिपदमा परेका कञ्चनवासीहरुलाई राहत बितरण गर्न लागिएको हो ।

जेठ ३१ गते सम्म बितरण गरिने राहत बितरण कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष दुर्गासिंह क्षेत्रीले बैदेशिक रोजगारको क्रममा बिभिन्न देशमा रहेर पनि आफ्नो जन्मभुमीमा रहेका आफन्त तथा छिमेकीहरुलाई आपद बिपदमा परेको बेला सौहार्दरुपमा सहयोग संकलन गरेर स्वदेश पठाई मानविय सेवामा सहभागिता जनाएका कञ्चनका युवाहरुलाई धन्यवाद ब्यक्त गरे । स्थानिय तहले पनि आफ्नो क्षेत्रबाट बिषम परिस्थितीमा आफ्ना नागरिकलाई दिनु पर्ने सुरक्षाको हरसम्भव प्रयत्न रहदै आएको बताउदै सथानिय तहको प्रयासमा युवाहरुबाट थप सहयोग प्राप्त हुनुले स्थानिय तहलाई अझ बल पुगेको उल्लेख गरे ।यस्तै समाजसेवी तथा निर्माण व्यबसायी डोल बहादुर थापाले आफ्नो परिवारको खुशीका लागि बैदेशिक रोजगारमा गएका युवाहरुबाट कञ्चनका बिपन्न घरपरिवारहरुका लागि राहत संकलन गर्नुले सेवाको भावनालाई फराकिलो बनाएको उल्लेख गरे । समाजसेबी थापाले बाध्यताबस बिदेश गएका युवाहरुबाट आफ्नो नियमित छाक काटेर भएपनि स्वदेशमा सहयोग पठाउनु सहज नभएतानि युवाहरुबाट भएको सहयोगको स्रहना ब्यक्त गरेका थिए ।क्लवका सदस्यहरुको पहलमा बिदेशबाट संकलन गरि पठाइएको रकमबाट कञ्चनका बिपन्न घरपरिवारलाई जेठ ३१ गते सम्म प्रति परिवार २५ किलो चामल।नुन,दाल र तेल सहित स्वास्थ्य सामग्रीहरु निरन्तर रुपमा बितरण गरिने क्लवका सचिव हिमाल थापाले जानकारी दिएका छन । जापानमा रहेका नारायण थापाका आमा कुमारी थापा,नर बहादुर थापाका बुवा डोल बहादुर थापा,अस्ट्रेलियामा रहेका मेनुका रसाइलीका बुवा इन्द्र रसाइली र साउदीमा रहेका सुनिल पुलामीका सासु आमा सुना थापाले बिपनन घरपरिवारहरुलाई संयुक्त रुपमा राहत बितरण गरेका थिए ।

जन आस्था पृथ्वी क्लवका अध्यक्ष उदय आले मगरले कोभिड १९ को संक्रमणलाई रोकथाम तथा न्युनिकरणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका कञ्चनवासीको उद्धार तथा सहयोगका लागि बिदेशमा रहेका क्लवका सदस्यहरुबाट संकलन गरी पठाइएको रकमले बिभिन्न खाध्य सामाग्रीहरु खरिद गरी राहत स्वरुप बितरण गरिने जानकारी दिएका छन। क्लवका अध्यक्ष आले मगरले राहत बितरणका लागि स्थानिय स्तरबाट पनि राहत संकलनको कार्यक्रम पनि रहेकोले कञ्चनका सहयोगदाताहरुबाट सक्दो सहयोगको समेत अपेक्षा गर्दै बिषम परिस्थितीमा सबैले हातेमालो गरी बिपद व्यबस्थापन गर्नु पनि आजको आवस्यक रहेको उल्लेख गरेका थिए । यस्तै बिपन्न घरपरिवार तथा ज्याला मजदुरीमा निर्भर रही खानाको अभाव भएका कञ्चनका कुनै पनि बिपन्न परिवारहरुले आफ्नो क्लवका सदस्यहरु मार्फत सम्पर्क गरी राहत लिन समेत क्लव अध्यक्ष आले मगरले अनुरोधगरेका छन।
मंगलवार ४० घरपरिवारलाई राहत बितरण गरिएको कार्यक्रममा कोशिस सामाजिक उधमी सहकारी संस्थाका अध्यक्ष प्रेम सिंह राना,सहयोगदाता,क्लवका सदस्य तथा सल्लाहकारहरुको समेत सहभगिता रहेको थियो ।