नबिल बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

प्रकाशित मिति:

काठमाडौं- नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ८% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘८% नबिल बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । बैंकले हालसम्म पनि यो ऋणपत्रको रेटिङ भने गराएको छैन ।