मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने

प्रकाशित मिति:

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्काशन गर्ने जनाएकोमा बढाएर ५१ हजार ३१६ कित्ता सेयर पुर्याएको छ । एफपीओ निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले यसअघिनै नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ । यसर्थ, मिर्मिरेको एफपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।