विदेशी लगानी सम्बन्धी विनियमावलीको बैंक तथा वित्तीय संस्था परिसंघले गर्यो स्वागत

प्रकाशित मिति:

काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सीवीफीन० ले नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ को स्वागत गरेको छ । विनियमावलीमा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको परिसंघले ठहर गरेको छ ।विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने नीतिगत व्यवस्थाले विदेशी लगानी ल्याउन सहज हुने परिसंघको धारणा छ ।

कोभिड महामारीपछि विश्वका धेरै देशले लगानी आकर्षित गर्न विभिन्न प्रकारका योजना र राहत कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । नेपालले पनि वैदेशिक लगानी आकर्षित गर्न सहज लगानीमैत्री नीतिगत व्यवस्था र वातावरण सिर्जना गर्नु अत्यावश्यक थियो ।यसै विषयलाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंकले विदेशी लगानी ल्याउनको लागि गरेको नयाँ नीतिगत व्यवस्थाले विदेशी लगानी आकर्षित हुने परिसंघले आशा गरेको छ । यसबाट विभिन्न पूर्वाधारमा लगानी वृद्धि हुनुका साथै आर्थिक क्रियाकलाप बढ्ने, रोजगारी सिर्जना हुने र समग्रमा दिगो आर्थिक विकासमा ठोस योगदान पुग्नेमा आशावादी रहेको परिसंघले बताएको छ ।