कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा

प्रकाशित मिति:

सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोनाविद्धको खोप ९भेरोसेल० लगाउन सुरु गरेको छ । यही जेठ २५ गते ९मंगलवार० बाट भेरोसेल लगाउन सुरु गरिएको हो । काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लाहरुमा ६२,६३ र ६४ वर्ष उमेर समूहलाई लगाइने छ भने उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाईंदै छ । खोप अभियान सुरु भएपछि देशभरमै लगाउनेको संख्या उल्लेख्य छ । जसकारण खोप केन्द्रमा भीड हुन थालेको छ । कोरोनाविरुद्धको खोप लगाउन जाँदा के कुरामा ध्यान दिने त रु यो बारेमा हामीले विशेष ध्यान दिन आवश्यक छ ।

खोप लगाउन जाँदा यी कुराहरुमा ध्यान दिनुहोस्ः
– खोप लगाउन जाँदा जिल्ला स्वास्थ्य कार्यालय वा पालिकाले निकालेको खोप केन्द्रका सूचना हेर्ने वा सम्पर्क गरेर मात्र जाने ।

  • आफ्नो नाम, उमेर, ठेगाना खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस लिएर जाने ।

-नाक, मुख र चिउँडो पूरै छोपिने गरी मास्क, फेसशील्ड लगाएर जाने ।

-छोटो बाहुला भएको खुकुलो कपडा लगाउने ।

-खोप लगाउन लाइन बस्दा दुई मिटरको भौतिक दूरी कायम राख्ने ।

-खोप लगाउन भन्दा पहिले र पछि साबुन पानीले मिचिमिचि हात धुने ।

-खोप लगाउने बेलामा पनि मास्क लगाइ राख्ने ।

-खेप लगाएपछि आधाघण्टा जति खोप केन्द्रमै बस्नुपर्छ, त्यहाँ बस्दा दुई मिटरको भौतिक दूरी कायम राख्ने ।

-स्यानिटाइजर साथमै बोक्ने ।

-कुनैपनि सतह छुने बित्तिकै स्यानिटाइजरले हात सफा गर्ने ।

-घर फर्किएपछि साबुन पानीले राम्ररी हात धुने ।