ढल्यो एउटा तनहुँ कांग्रेसको बलियो खम्बा

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु । नेपाली कांग्रेस तनहुँका नेता,महाधिवेशन प्रतिनिधि एवम् मुस्लिम आयोगका पूर्वसदस्य हाजी रफिक मियाँको निधन भएको छ।

बिहिवार बिहान भानु नगरपालिका वडा न।१३ मा रहेको आफ्नै घरमा निधन भएको हो। परिवारका अनुसार राति एक्कासि दाहिने कोखा दुख्यो भन्नुभयो बिहान ४स्३० मा अस्पताल लैजाने तयारी गर्दै गर्दा निधन भएको थियो।उहाँ तनहुँ क्षेत्र न।१ को उत्तरी भेगको पार्टीको मेरूदण्ड नै हुनुहुन्थ्यो। समाज सेवामा अत्यधिक रुचि राख्ने बिकासको काममा अग्रसर रूपमा लाग्ने गाउको बाटो घाटो, खानेपानीको व्यवस्था गर्ने काम आदि विकासप्रेमी नेता पनि हुनुहुन्थ्यो।

मियाँ अत्यन्त सरल स्वभावका नेता हुन्। सादा जीवन उच्च विचार गर्नु उहाको विशेषता थियो। उनी सबैसँग मिल्नुहुन्थ्यो र नयाँ(नयाँ कुरा सिक्नुहुन्थ्यो्र समाजको लागि धेरै गरे। नेता मियाँ अनुभव पार्टीमा पछिसम्म पक्कै खट्किरहने छ। उहाको निधनप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले पनि अत्यन्त दुखित भएको र मृतकलाई श्रद्धाञ्जली दिदै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।