तिलोत्तमा नगरपालिकाले गरेका बिभिन्न निणर्य र कामप्रति असहमति जनाउंदै नेपाली कांग्रेसद्धारा नगरपालिकाको गंभिर ध्यानाकर्षण

प्रकाशित मिति:

नेपाली काग्रेस तिलोत्तमा नगर समितिले तिलोत्तमा नगरपालिकाले गरेका बिभिन्न निणर्य र कामप्रति असहमति जनाउदै आज नगरपालिकामा ज्ञपन पत्र बुझाएके छ । नगरपालिकाले राजनीतिक सहमति बिना गरेका कामहरु प्रति असहमति जनाउदै नेपाली काग्रेस तिलोत्तमा नगरसमितिले नगरप्रमुख बासुदेव घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएके हो । तिलोत्तमा नगरपालीकाले र्सावजनिक जग्गामा आफ्नो अधिकार प्रयोग गरेको प्रति काग्रेस नगर समितिले आपत्ति जनाउदै आज ज्ञपन पत्र बुझाएको कांग्रेस तिलोत्तमाका सभापति हरीलाल पाण्डेले बताउनुभयो । उहाले तिलोत्तमा नगरपालीकाले सार्वजनि कार्य गर्दा स्थानिय बासिन्दा तथा राजनितिक दलहरु संग पनि छलफल गर्नु पर्ने भएपनि कुनै छलफ बिना नगरपालीकाले एक्लैटी गरेको उहाले बताउनुभयो ।
ज्ञापन पत्र बुझदै नगर प्रमुख शिवराज सुवेदीले स्थानिय तहलाई जग्गा उपलब्ध गराउने कुनै अधिकार नभएको बताउनुभयो । उहाले नगरपालीकाले सिफरिस गर्न मात्र पाउने प्रबधान अनुरुप विभिन्न चरणका छलफल पछि मात्र प्रशासन मार्फत नगरपालीकाले संघिय सरकार समक्ष शिफसिर गरेको बताउनुभयो ।
काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, हरी काफले, महाधिवेशन प्रतिनिधि मनोरमा शेरचन चिरञ्जिबी पौडेल जिल्ला सदस्य हरी तिवारी कृष्ण बहादुर गैतम, क्षेत्रीय सचिव माधवलाल देवकोटा सहितका नेताहरु सम्लग्न टोली नगरपालिका गई ध्यानकर्षण पत्र हस्तान्तरण गरेको थियो ।