अर्घाखाँचीको भूमिकास्थानमा जीप दुर्घटना, चालकको मृत्यु

प्रकाशित मिति:

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा जीप दुर्घटना भएको छ । ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि जीप चालक भूमिकास्थान- ९ का अन्दाजी २९ वर्षीय  रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।