रामकृष्ण र मेलिनाको ‘सुनसरी इनरुवा’

प्रकाशित मिति:

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको  ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ ।  गीतमा उमेश रेग्मीको शब्द तथा संगीत रहेको छ  । गीतमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा आसपासका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।

भिडियोमा गायक ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय रहेको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन छ ।