आज शुक्रवार ।। हेर्नुहोस् आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको १४ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मंसिर कृष्णपक्षको अष्टमी तिथि राति ७.४० बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मघा नक्षत्र विहान ८.५१ बजेसम्म रहनेछ । आज वैधृति योग बालव करण रहेको छ । आज सूर्योदय ६.३७ मा छ भने सूर्यास्त बेलुका ५.६ बजे हुनेछ ।

चन्द्रमा आज सिंह राशिमा छन् । आज अष्टमीव्रतका साथै गोरखकाली पूजा पनि परेको छ । भगवतीको उपासन गर्ने आज उत्तम दिन हो ।