गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाद्वारा भ्याक्सिनका लागी वैज्ञानिक समक्ष अनुरोध।

प्रकाशित मिति:

१० जुन २०२१, वेस्ट चेस्टर, पेन्सेल्भेनिया अमेरीका: जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका पदाधिकारीहरूले प्रसिद्ध अमेरीकी वैज्ञानिक डा. डेविड नलिन (Dr.David Nalin) लाई वहाँको निवास वेस्ट चेस्टर पेन्सेल्भिनीयामा विशेष भेटघाट गरेका छन्। वहाँ ६० को दशकमा जीवनजलका आविष्कार वैज्ञानिकका साथै अमेरीकी सरकारको स्वास्थ्य र अनुसंधान सम्बन्धि उच्च सेवामा रही लामोसमयसम्म काम गर्नुभएको वैज्ञानिक हुनुहुन्छ।

फाउन्डेशनका अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरे,उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारीले वहाँलाई भेटी वर्तमान जटिल अवस्थामा नेपाल र नेपाली जनताको ध्यान कोभिड नियंत्रण मा हुनुपर्ने र सोका लागी अमेरीकी सरकारका तर्फवाट नेपाललाई भ्याक्सिन उपलब्ध गराईदिन विशेष पहल गरिदिन आग्रह गर्नुभयो।अध्यक्ष घिमीरेले वहाँजस्तो नेपाल बुझेको र आफ्नो जीवनकालमा ४७ पटक नेपाल भ्रमण गरी तत्कालीन राजा, प्रधानमंत्री एवं शासकहरू सँग लामो उठवस एवं ग्रामीणदेखी शहरी जनजीवनसँग साक्षात्कार वैज्ञानिकले अमेरीकन सरकारलाई वस्तुस्थिती दर्शाउँदा अमेरीकन सरकारको गम्भीर ध्यानाकर्षण हुनेकुरामा जोड दिँदै सो का निमित्त पहल गरिदिनुहुन आग्रह गर्नुभयो।

उपाध्यक्ष सुवर्ण लामाले अनुरोध गर्दै आज नेपाल पीडामा हुँदा तपाईंको चित्त दुख्नु स्वाभाविक हो र से को समाधानको लागी यहँजस्तो वैज्ञानिकको सहयोगको खाँचों रहेको कुरामा जोड दिनुभयो भने प्रवक्ता रामचन्द्र अधिकारीले यो समयमा फाईजर र मोर्डेनाजस्ता कम्पनी हरूका खोप यथाशीघ्र नेपाल पठाई कोरोना संक्रमण रोकथाम गर्न फाउन्डेशन लागीपरेको र वहाँजस्तो वैज्ञानिकले पहल गरीदिएमा अवस्य खोप पाउने आशा व्यक्त गर्नुभयो। पत्रकार मुकुन्द सुवेदीले वहाँ वास्तवमा यसयुगको महान वैज्ञानिक भएको र वहाँले चालेको कदममा अमेरिकी सरकारले समेत नाईं भन्न नसक्नेहुँदा खोपका निमित्त पहल गरिदिनुहुन विशेष अनुरोध गर्नुभयो।

गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको अनुरोध सुनेपछी वैज्ञानिक डेविड नलिनले भन्नुभयोकी यस्तो पुण्य र मानवीय कार्यमा मेरो पुरा साथ सहयोग र सरकारको ध्यानाकर्षण गरी भ्याक्सिन उपलब्ध गराउन अनुरोध हुनेछ भनि विश्वास दिलाउनुभयो।वहाँले आफुले देखे भोगेको नेपाल र नेपालीप्रती माया, सदभाव र स्नेह दर्शाऊँदै उनीहरूको जीवनरक्षाको लागी अमेरीकी नेपाली समुदायसँग मिलेर कदम चाल्न आफु तयार रहेको विश्वास दिलाउनुभयो।