कांग्रेस युवा नेता भट्टराईद्वारा विपन्न परिवारलाई निरन्तर सहयोग

प्रकाशित मिति:

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (क) का सहसचिव नेत्र भट्टराईले महामारीका कारण भोकै बस्नु पर्ने अवस्थाका नागरिकहरुलाई खाद्यान्न वितरण जारी राखेका छन् । उनले बिहीबार बुटवल उपमहानगरपालिका- ११ अन्तर्गत प्रगतिटोलका १३ घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

कोरोना महामारीको रोकथामको लागि जारी निषेधाज्ञाले मारमा परेका अति विपन्न परिवारलाई घरको चुल्हो निभ्ने अवस्थामा पुगेपछि उनीहरुलाई वितरण गरिएको हो । स्थानिय टोल समिति र पार्टिको सुचना मार्फत उनीहरुलाई राहत वितरण गरिएको नेता भट्टराईले बताए ।

उनले बुटवलसहित अन्य स्थानका समेत गरि १ सय भन्दा वढि परिवारलाई राहत वाँडेको बताए । बिहीबारको वितरण कार्यक्रममा कांग्रेसका नेता तथा समाजसेविहरुको पनि सहभागिता रहेको थियो ।