सेतो गुराँस बालविकास सेवा रुपन्देहीद्वारा स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री बितरण

प्रकाशित मिति:

रुपन्देहि जिल्लका सम्पूर्ण स्थानियतहहरुमा कोभिड १९ प्रतिकार्यको लागि स्वास्थ्य सामाग्रीवितरण गरिएको छ । जिल्ला भरि दोस्रो लहरको कोरोनाभाइरस फैलिरहेको र सो को रोकथामकालागि यू एस ए आइ डिको आर्थिक सहयोगमा हेलेन केलर इन्टर नेस्नलको अनुगवाइमा संचालित सुआहारा कार्यक्रमअन्तरगत साझेदार संस्था सेतो गुरासँबालविकास सेवा रुपन्देहि द्धारा जिल्लाका १६ स्थानियतहमा रहेको सम्पुर्ण स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्य सामाग्रि वितरण गरेको छ ।

रुपन्देहि जिल्लामाकार्यरत १५११ महिला स्वास्थ्य स्वयमसेविकाहरु लाई प्रतिव्यक्ति५०पिस माक्स र १०० एम एल को एक सेनिटाइजर, स्वास्थ्य संस्थाको लागिमाक्स, ५०० एम एल को सेनिटाइजर र पिपि इ सेट प्रदान गरिएको छ । साथै समुदाइ स्वास्थ्यइकाई, हेल्थ डेक्स, आइसोलेसन सेन्टर, आयुवेदिकऔषधालय, कोभिड हस्पिटलहरुमा पनि सामाग्रीवितरण गरिएको जानकारी सुआहारा कार्यक्रममाकार्यरत प्रादेशिक संयोजक भरत शर्मा प्रसाइले बताउनु भयो ।

उत्त संस्थामाकार्यरत पोषण तथा स्वास्थ्यअधिकृत दुर्गा राना, रिसोर्स प्रर्सन बाबुराम सुवेदी,प्राविधिक संयोजक रक्षागिरी, सेतो गुरास बालविकास सेवाकाकार्यकारी निर्देशक सुमित्राशर्मा र फिल्ड संयोजकमिनु पुनश्रेष्ठले जिल्लाकाविभिन्न स्थानियतहमापुगि सामाग्री हस्तान्तरण गरेको छन् र कोभिड १९ विरुद्धको प्रतिकार्यमा सुआहारा कार्यक्रमले नेपाल सरकार सँग हातमाहातमिलाइ अगाडि बढेको छ ।