कञ्चनका ४ का वडा अध्यक्षले आफ्नो ३६ औं जन्म दिनमा ३६ बिपन्न परिवारहरुलाई राहत बितरण

प्रकाशित मिति:

२७ जेठ,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष दुर्गासिंह क्षेत्रीले अफ्नो ३६ औं जन्म दिनको अवसरमा कञ्चनका बिपन्न घरपरिवारहरुलाई राहत बितरण गरेका छन। बिदेशी संकृतिलाई बढावा दिने केक काटेर तथा पटका पटकाएर जन्म दिन मनाउनुको सट्टा कम्तिमा एक दिन भएपनि दिन दुखीको सेवा गर्नु र बिपदमा परेको बेला बिपन्न घरपरिवाहरुलाई राहत उपलब्ध गराउनु सबै भन्दा ठूलो जन्मोत्सव हुने भन्दै वडा अध्यक्ष क्षेत्रीले सो राहत बितरण गरेका हुन ।

कञ्चनका ३६ घरपरिवारलाई निजहरुकै घर घरमा पुगेर वडा अध्यक्ष क्षेत्रीले राहत स्वरुप २५ किलो चामल,नुन,दाल लगायत खाध्य सामग्री बितरण गरेका हुन। बिगतमा जन्म दिन मनाउने बहानामा फजुल खर्च गर्दै आएकोमा शुभ दिनमा शुभ कार्यको थालनीको शुरुवात आफौट गर्नु पर्ने संकृतिको बिकास गर्न आफ्नो ३६ औं जन्म दिनमा ३६ घरपरिवारलाई खाध्य सामाग्री उपलब्ध गराएको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

बिगत देखि नै समाज सेवी तथा सहयोगी व्यक्तीको रुपमा परिचित वडा अध्यक्ष क्षेत्रीले सेवाको भावनालाई फराकिलो र स्वार्थ रहित बनाउनु आजको आवस्यकता समेत रहेको उल्लेख गरे । वडा अध्यक्ष क्षेत्रीले आफ्नो जन्म दिनमा दिएको राहत सामग्री बुझ्दै चरामणी बि।क।ले लकडाउनका कारण आपतमा परेको बेला राहत पाउदा आफुलाई खुशी लागेको र आफ्नो जनप्रतिनीधि तथा वडा अध्यक्ष क्षेत्रीलाई जन्म दिनको शुभकामना समेत व्यक्त गरेका थिए ।