नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति:

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी छन्। शीतल निवासमा आयोजित एक कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिले शपथ गराइन् भने एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराएका हुन् ।

प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीलाई नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीले मोहन बाँनियालाई प्रधानमन्त्री कार्यालय, र वन राज्यमन्त्रीमा आशा विकलाई नियुक्त गरेका छन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैँसँग राखेका छन्।