विपक्षी गठबन्धनको बैठक देउवा निवास बुढानीलकण्ठमा जारी

प्रकाशित मिति:

काठमाडौँ– ठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा ५ बजेदेखि शुरु भएको हो । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि त्यही विषयमा धारणा बनाउन र गण्डकी प्रदशमा सरकार बनाउने विषयमा छलफल गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्ण बहादुर खड्का सहभागी छन् ।यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल समेत सहभागी छन् ।