गुल्मीमा एक पुरुष मृत भेटिए

प्रकाशित मिति:

गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका–५ का ३० वर्षीय विदुरविक्रम कुँवर बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।

कुँवर घरदेखि करिब तीन सय मिटरनजिको राँगाको पाइले भन्ने भिरमुनि फेला परेका हुन् ।

उनको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । इस्मा प्रहरी चौकीले थप अनुसन्धान गर्दै छ ।