सञ्चारमन्त्री थापाले गरिन् पदबहाली 

प्रकाशित मिति:

राष्ट्रपति निवासमा भएको शपथ ग्रहण गरे लगत्तै बिहीबार मन्त्रालय पुगेर पदबहाली गरेकी हुन्। पदबहाली ग्रहण गर्दै मन्त्री थापाले मातहतका कर्मचारीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिइन्।

मन्त्री थापाले सञ्चार तथा सूचना प्रविधिको पहुँचले संसार साँघुरिंदै गएको बताउँदै जनताको हातहातमा सरकारी सेवा पुर्‍याउने प्रतिबद्धता जनाइन्।  उनले मातहतका निकाय र कर्मचारीलाई एक परिवारको रुपमा अघि बढ्न आह्वानसमेत गरिन्।