सल्यान प्रेस युनियनमा फेरी डिसी

प्रकाशित मिति:

सल्यान मंसिर १४ /  प्रेस यूनियन जिल्ला शाखा सल्यानको अध्यक्षको जिम्मेवारी फेरी रेशम डिसीले पाएका छन् । बिहिबार भएको युनियनको पाँचौ जिल्ला अधिवेशनबाट सर्वसम्मत उनी दोस्रो र्कायकालका लागि जिम्मेवारी पाएका हुन् । नौ सदस्सीय जिल्ला समितिमा उपाध्यक्षमा राजेश शर्मा र कृष्ण बहादुर वली, सचिव झनक केसी ( जेएन)  र कोषाध्यक्षमा सरिता योगी छन्। निर्वाचित भएपछि प्रतिक्रिया दिदै डिसीले जिल्लाको पत्रकारितालाई अभिवृद्धि गर्न आफु र आफ्नो संगठन लागि पर्ने बताए। प्रेस र प्रेस स्वतन्त्रता माथि आक्रमणको विरोध गर्दै प्रेस र प्रेस स्वतन्त्रताको पक्षमा लडि रहने प्रतिवद्धता जनाएका छन्।