नेपाली प्रशिक्षक भन्छन्-‘खेल्ने शैली परिवर्तन भएको छ, समर्थकलाई खुशी बनाउन सफल भएका छौं’

प्रकाशित मिति:

काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमका खेल्ने शैलीमा परिवर्तन भएको दाबी गरेका छन्।

आफ्नो मुख्य प्रशिक्षणमा तीन खेल खेलाएका अल्मुताइरीले टिमको प्रदर्शनबाट नेपाली समर्थक खुशी भएको बताएका छन्। शुक्रबार अष्ट्रेलियाविरुद्ध खेल्नुअघि मुख्य प्रशिक्षकले भने,अष्ट्रेलियाविरुद्ध खेल्न कठिन हुनेछ। आशा छ यो खेलमा पनि हामी राम्रो प्रदर्शन गर्नेछौं।

हाम्रो खेल्ने शैली परिवर्तन भएको छ। समर्थकलाई खुशी बनाउन सफल भएका छौं।