बुटवल उद्योग बाणिज्य संघद्वारा रूपन्देहीका मिडिया हाउसहरुमै पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

बुटवल,जेठ २७- कोरोना महामारीलाई केन्द्रीत गरि बुटवल उद्योग बाणिज्य संघ विभिन्न अभियान चलाएको छ । कोरोनाका कारण सञ्चार क्षेत्रमा समेत यसले ठूलो असर पारेको भन्दै संघले बुटवल क्षेत्रका सञ्चारमाध्यममा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

संघको टोलीले आज रूपन्देहीका मिडिया हाउसहरुमै पुगेर  स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संघका अध्यक्ष उज्जवल कसजुले संघ टोलको  नेत्रित्व गर्दै सामाग्री प्रदान गर्नुभयो । उक्त अवसरमा बोल्दै अध्यक्ष कसजुले सञ्चारमाध्यमले यो संकटमा पनि निरन्तर सूचना प्रवाह गरेको बताउँदै आफूहरुले त्यहाँ कार्यरत सञ्चारकर्मीहरुका लागि थोरै भएपनि राहात दिने गरि स्वास्थ्य सामाग्री वितरणको अभियान चलाइएको बताए  ।

संघले राज्य टेलिभिजन,रेडियो जागरण,दैनिक पत्र , दैनिक लुम्बिनी, रेडियो मुक्ति ,मेचीकाली ,खसौली ऐ.म, तिनाउ ऐ.म, रेडियो समावेशी, बुटवल ऐ.म , लुम्बिनी सामुदायिक टेलिभिजन, बुद्ध टेलिभिजन गरि १२ वटा मिडियाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण  महासचिव विमलराज भट्टराईले बताए ।