माया गर्छु भन्न सकिन डराएर हो – गजल

प्रकाशित मिति:

माया गर्छु भन्न सकिन डराएर हो
साँच्चै मैले एकोहोरो मन् पराएर हो ।

मोहनी पो लाग्यो कि?भोक,निद्रा भाग्यो
जतिबेला सोंचिरहने गराएर हो।

बर्बराउँछु रे सपनीमा त्यहीँ नाम लिइ
कैयौं पटक् नै निदरीमा कराएर हो।

कोही साथी यो भन् भन्छन्,कोही त्यो भन् अनि
जे भनें म उनीहरूले भराएर हो।

म चाहन्थें यो मायाको महशुस् होस् त्यता
प्रस्ताव राखेको अनुभवीले अह्राएर हो।

जहिले रक्तचाप नाप्दा उच्च नै देखिन्छ
त्यहीँ मुटुको धड्कन भित्र म हराएर हो।

पवित्रदीपले मागेको प्रेमको मल्हमपट्टी
एकतर्फी मायाको घाउ चहराएर हो।
रचनाकार~पूर्ण भण्डारी “पवित्रदीप”