कर्णालीमा ‘फ्लोर क्रस’ गरेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति:

सुर्खेत- कर्णाली प्रदेशमा फ्लोरक्रस गरेका एमालेका ४ जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो।सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सांसद् पदमा पुनर्बहाल भएका हुन्।

बुधबारमात्रै सांसदहरुले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा गएका थिए। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेको केपी शर्मा ओली पक्षले उनीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।