नेविसंघ महामन्त्री पाण्डेय र कांग्रेस नेता भट्टराई द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

स्याङ्गजा । कोभिड–१९ बिरुद्धको लडाइमा निरन्तर अभियानमा रहदै आएका नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री युवराज पाण्डेय र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी गुरु भट्टराईको बिशेष पहलमा Nepal Medical Association द्वारा वितरित स्वास्थ्य सामग्री Oxygen Concentrator  मेशिन आज स्याङ्जा जिल्लाका वालिङ न.पा.मा –२, गल्याङ न.पा.मा –१,चापाकोट न.पा.मा–१,भिरकोट न.पा.मा –१ थान गरि जम्मा ५ थान सम्वन्धित नगरपालिका कार्यालयमा नगर प्रमुख ,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी तथा राजनीतिक पार्टीका नेता,पत्रकार लगायतको उपस्थितिमा हस्तान्तरण गरीएकोछ ।

उक्त सामाग्री वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खांण, उपप्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरीएको हो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं –२ प्रदेश क का सभापति अर्जुन प्रकाश अर्याल,क्षेत्रीय सचिव दामोदर लम्साल, गल्याङ–१० का वडा अध्यक्ष ध्रुब पंगेनी,नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृण्ण सिग्देल, प्रेस युनियनका सभापति प्रदिप कोईराला,तरुण दल र नेविसंघका नगर सभापतिहरु लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी चापाकोटमा नगर प्रमुख शिव कुमार गिरीलाई हस्तान्तरण गरीएको थियो हस्तान्तरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइराला, नेपाली कांग्रेसका नगर सभापति रामचन्द्र पंगेनी,सचिव उत्तम आचार्य,नेताहरू मणि पाठक , टुकराज पाठक,नेपाल तरुण दलका नगर अध्यक्ष–धिरज खाण, नेविसंघका नेताहरु महेश डोटेल,सविन डोटेल,सुवास आचार्य लगायतको उपस्थिति रहेको थियो ।

भिरकोटमा नगरपालिकाका प्रमुख छायाराम खनाल र उपप्रमुख सिमा कर्माचार्यलाई हेहस्तान्तरण भरीएको थियो । हस्तान्तरण कार्यक्रममा नगर सभापति तोयनाथ अर्याल, ५ नं वडा अध्यक्ष यमप्रसाद अधिकारी(लक्ष्मण), तरुण अध्यक्ष राजकुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी गल्याङ नगरपालिकामा प्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरीएको थियो हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, नेपाली कांग्रेसका महासमिति सदस्य श्याम प्रसाद बस्याल, वडा नं –३ का अध्यक्ष महेश भट्टराई, नेपाल महिला संघकी क्षेत्रीय सचिव हेमा न्यौपाने, ४ नं का वडा सभापति ढाकाराम न्यौपाने , तरुण नेता राजेन्द्र भट्टराई, नेविसंघका नेताहरु प्रकाश भुषाल,खगेन्द्र भण्डारी, रिसि बस्याल लगायतको उपस्थिति रह्यो ।

सामग्री उपलब्ध गराउने संस्था Nepal Medical Association , सहजीकरण र समन्वय गर्ने पुर्व मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेल र सामग्री काठमाडौं देखी जिल्ला सम्म ल्याउने नेविसंघका नेता नारायण पाण्डेय लगायतलाई अभियन्ताहरुले विशेष धन्यवाद दिएका थिए । सामग्री वितरण अभियानमा महामन्त्री पाण्डेय, पुर्व केन्द्रीय सदस्य गुरु भट्टराई,भिरकोट –५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण), नेवि संघ स्याङ्जा–काठमाण्डौको सम्पर्क समितिका सभापति ई. दिपेन्द्र क्षेत्री, नेविसंघका केन्द्रीय नेता नारायण पाण्डे, क्षेत्रिय सभापति विश्वास लम्साल लगायतको उपस्थीती रहेको थियो ।