सरकारकाे प्रवक्ताको जिम्मेवारी थापालाई

प्रकाशित मिति:

काठमाण्डौ – सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई दिइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सरकारले प्रायः सञ्चार मन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीवार नै सञ्चार मन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओलीले बिहीवार सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ निवर्तमान गृह मन्त्री रामबहादुर थापाकी पत्नी हुनुहुन्छ ।