१० करोड खोप गरिब राष्ट्रलाई दिने बेलायती प्रधानमन्त्रीको घोषणा

प्रकाशित मिति:

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशलाई १० करोड खोप दिने बताएका छन् । उनले आगामी केही साताबाट खोप उपलब्ध गराउन सुरु गर्ने पनि उल्लेख गरेका छन् ।

जी सेभेन राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा जोनसनले आफूलाई चाहिनेभन्दा बढी रहेका १० करोड खोप अर्को वर्षसम्म वितरण गरिने जनाएको बीबीसीले उल्लेख गरेको छ । जोनसनले बेलायतको खोप कार्यक्रमको सफलताका कारण आफूसँग रहेका अतिरिक्त संख्याका खोपहरू दिनसक्ने अवस्थामा रहेको बताएका छन् । आगामी सेप्टेम्बरसम्म ५० लाख डोज खोप विभिन्न मुलुकलाई दिइने छ । बाँकी खोप एक वर्षभित्र वितरण गरिने जनाइएको छ ।