अति बिपन्न परिवारलाई तरुण दलले दियो खाद्यान्न

प्रकाशित मिति:

बुटवल -नेपाल तरुण दल बुटवल वडा नम्बर ३ ले आफ्नो वडा भित्र रहेका अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडको दोस्रो लहर संगै बिपन्न परिवारलाई आफ्नो छाक समेत टार्न धौधौ भएको यो अवस्थामा तरुण दल वडा नम्बर ३ ले खाद्यान्न प्रदान गर्दै हिडेको छ ।

विभिन्न ब्यक्ती तथा संस्था संग सहकार्य गरि उक्त अभियान सञ्चालन गरिएको वडा नम्बर ३ का अध्यक्ष मनिष श्रेष्ठले सबलपोस्टलाई जानकारी दिनुभयो ।राहत प्रदान कार्यक्रममा नेबि संघका केन्द्रीय उपसभापति तथा सामाजिक अभियानता मुक्तीराज पौडेलको समेत उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पौडेलले मानव सेवानै संसारको सबैभन्दा ठूलो धर्म रहेको र बिपन्नलाई खाद्यान्न दिएर सहयोग गर्न पाउँदा साच्चिकै खुशी महशुस भएको बताउनुभएको थियो ।

उहाँले मठमन्दिरमा गएर खर्च गर्नुभन्दा गाँस रोकिएका आमाबुवा दिदीबहिनी तथा दाजुभाईलाई सहयोग गर्नुनै साच्चिकै धर्म गरिएको हुन्छ उहाँले भन्नुभयो । साथै अध्यक्ष श्रेष्ठले यो अभियानमा सकृय समस्त तरुण युवाहरु , सहयोग ब्यक्ति तथा संस्था सबैसबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । तरुण दल वडा नम्बर ३ ले चरणबद्ध सहयोग गर्दै आइरहेको छ । कोभिड लहरले बिदा नल्याउञ्जेल सहयोग गरिराख्ने अध्यक्ष श्रेष्ठले बताउनुभएको हो ।