बीएन्डसीलाई सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने डा‍. केसीको चेतावनी

प्रकाशित मिति:

काठमाडौँ । डा. गोविन्द केसीले झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । हाल यमनमा रहेका डा. केसीले प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान नगर्न ध्यानाकर्षण गरेका हुन् । बिएन्डसीले सम्बन्धन पाएको खण्डमा नेपाल फर्किनेवित्तिकै सत्याग्रह सुरू गर्ने चेतावनीसमेत उनले दिएका छन् ।

‘यदि चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न गैर-न्यायिक संशोधन गरिएमा उक्त कदम तथा यहाँले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरुको विरुद्धमा अर्को चरणको सत्याग्रहको शुरुवात म नेपाल फर्कन बितिक्कै थाल्ने चेतावनी दिन चाहन्छु। त्यसको लागि तयार रहनुहोला।’ उनले भनेका छन् ।