दुवै खुट्टा भाँच्चिएका सञ्चारकर्मीलाई प्रेस युनीयनको आर्थिक सहयोग

प्रकाशित मिति:

तनहुँ -दुवै खुट्टा भाँच्चिएर उपचारमा रहेकी सञ्चारकर्मी सुनिता डोटेल भण्डारीलाई बिहीबार नेपाल प्रेस युनियनले आर्थिक सहयोग गरेको छ । युनियनद्वारा सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरी जम्मा भएको रु ६२ हजार १२० बिहीबार बैंकमार्फत सहयोग गरेको हो ।

सुनिता घरको छतबाट खसरे दुवै खुट्टा भाँच्चिएर हाल काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारत रहेको र ठूलो रकम खर्च भएकाले चहराइरहेको घाउमा मल्हम लगाउने कार्य गरिएको नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष अमराज नहर्कीले जानकारी दिनुभयो ।युनियनले बिहीबार नै एक प्रेस विज्ञप्ति जारी गरी सहयोग सङ्कलनका क्रममा रकम प्रदान गर्नुहुने सबैप्रति आभार प्रकट गरेको छ । साथै घाइते सञ्चारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

युनियनमा आबद्ध सञ्चारकर्मीसँग रकम सङ्कलन गरेर हस्तान्तरण गरिएको युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन् ।त्यसैगरी नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पनि सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरिरहेको छ । महासङ्घले हालसम्म करिब रु ४० हजार सङ्कलन भइसकेको शाखाका अध्यक्ष उज्वल पौडेलले जानकारी दिएका छन् ।सङ्कलन अभियान जारी रहेकाले सङ्कलित रकम छिट्टै हस्तान्तरण गरिने उनले जानकारी दिएका छन् ।रासस