पश्चिम नवलपरासीमा जेष्ठ नागरिकलाई खोप लागाउन सुरु

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
जेठ २८ गते
नवलपरासी । पश्चिम नवलपरासीका सबै पालिकामा कोरोना विरुद्धको भेरोसिल खोप लगाइने भएको छ । ६२ देखि ६४ वर्ष उमेर समुहका वृद्धवृद्धालाई चिन सरकारले उपलब्ध गराएको भेरोसिल खोप लगाईने स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

जिल्लामा रहेका सात वटा पालिकामा खोप कार्यक्रम सुरु भएको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनु भयो । पोखरेलका अनुसार -“हाल पालिकाहरुमा पठाइएको खोप ६२ बर्ष माथिका उमेर समुहका जेष्ठ नगारिकका लागि हो । त्यसपछि यस भन्दा अघिल्लो चरणमा समाबेश भएका तर खोप लागाउन छुटेका लक्षित बर्ग स्वास्थ कर्मी, सरसफाइ कर्मी, सुरक्षा कर्मी कर्मचारी र जनप्रतिनिधिलाई खोप सेवा प्रदान गरिने छ ।”

पश्चिम नवलपरासीमा यो पटक ५ हजार ७ सय ४५ जनलाई खोप लगाउने लक्ष्य रहेको छ ।