पत्रकार र उद्यमीलाई संघको सहयोग

प्रकाशित मिति:

भवानी अधिकारी-स्याङजा, २८ जेठ । स्याङजा जिल्ला उद्योग वाणिज्य संघले पत्रकार महासंघ र महिला उद्यमीलाई नगद र मास्क उपलब्ध गराएको छ ।संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी र कोषाध्यक्ष रमेश गोदारलाई ५ सय वटा मास्क र नगद ५ हजार नगद सहयोग गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघबाट मास्क उपलब्ध भएको हो । पाँच हजार नगद भने अध्यक्ष श्रेष्ठले ब्यक्तिगततर्फबाट कोषको खातामा जम्मा गरिदिने बताउनुभयो ।यसैगरी, उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी समितिका अध्यक्ष इन्द्रेणी अधिकारी, सचिव देवु लम्साल र कोषाध्यक्ष सुनिता श्रेष्ठलाई ५ सय वटा सर्जिकल मास्क उपलब्ध गराएको हो ।मास्क हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले कोरोना संक्रमणका बेला पनि अग्रभागमा उभिएर काममा खटिनुहुने पत्रकार र उद्यमी महिलालाई लक्षित गर्दै मास्क उपलब्ध गराएको जनाउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले पत्रकारले बिषम परिस्थितीमा पनि पत्रकारितामा क्रियाशिल रहेको भन्दै गरिएको मूल्यांकनप्रति संघका अध्यक्ष र संघ परिवारप्रति आभार ब्यक्त गर्नुभयो । उहाले भन्नुभयो ‘नगद ५ हजार पत्रकार कल्याण कोषमा जम्मा गरिने उहाको भनाई छ।’सो अवसरमा संघका महासचिव रामचन्द्र नेपाल, सचिव मित्रबन्धु पोखरेल, महिला उद्यमी इन्द्रेणी अधिकारी लगायतले संघले विगतदेखि गर्दे आएको सहयोगको चर्चा गर्दै समाजसेवामा सघ क्रियाशिल रहनुपर्नेमा जोड दिनुभयो ।