महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। शनिबार दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।