बहुमत गुमे एक मिनेट सरकारमा बस्दीन मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति:

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमे एक मिनेट पनि सरकारमा नबस्ने बताएकाछन् ।

लुम्बिनी प्रदेशसभामा प्रदेश सरकारको नीति कार्यक्रममाथि भएको छलफलमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकार अल्पमतमा छ भन्नेले प्रदेश सभाको गणितलाई हेर्न चुनौती दिए ।‘संसद भित्रको राजनीति गणितलाई विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिन् । संसदमा बहुमत गुमे एकमिनेट पनि सरकारमा बस्दिन् । ‘ उनले भने, ‘ प्रदेश सरकार अल्पमतमा छ भन्ने निष्कर्ष निकाल्नु भन्दा पहिले प्रदेशसभाको गणितलाई हिसाब निकाल्न जरुरी छ ।’