नेपालमा थपिए ३७५० जना संक्रमित, ५२२५ निको

प्रकाशित मिति:

बुटवल । नेपालमा थप ३७५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट २७०९ र एन्टिजेन विधिबाट १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ४ हजार ३९६ र एन्टिजेनबाट १८ हजार ७५५ जना पुगेको छ ।

यस्तै, सोही अवधीमा थप ५ हजार २२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख २० हजार ५१६ पुगेको छ । नेपालमा संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ३०५ पुगेको छ ।