ठाकुर पक्ष सरकारमा जानू मधेश आन्दोलनलाई धोका : डा. भट्टराई

प्रकाशित मिति:

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले जसपाका ठाकुर– महतो पक्ष सरकारमा सहभागी भएर मधेश आन्दोलनलाई धोका दिएको टिप्पणी गरेका छन् ।

सभामुख अग्नि सापकोटाले शुक्रबार आयोजना गरेको सर्वदलीय छलफलपछि पत्रकारसँग भट्टराईले केही मान्छेहरुले गलत बाटो लिएको बताएका हुन् । उनले अझै पनि जसपा मूल रुपमा एक ढिक्का रहेको दाबी गरे ।

‘ केही मान्छेहरुले गलत बाटो लिए, त्यो दुर्भाग्यपूर्ण छ । तर पनि जसपा मूल रुपमा एक ढिक्का नै छ । केही मानिसहरु पलायन भएर गएका हुन् ।’ उनले भने, ‘उहाँहरुले विस्तारै बुझ्नु हुनेछ । त्यसले मधेश आन्दोलनलाई पनि धोका दिन्छ । उहाँहरुको राजनीतिक जीवनलाई पनि कलंकित गर्छ ।