रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४४ संक्रमित थपिए, १४३ जना निको

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३०६ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा ७/७ जना, तिलोत्तमा नगरपालिकामा ११ जना, सैनामैना नगरपालिकामा १३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी गाउँपालिका, मर्चवारी गाउँपालिका, गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १/१ जना रहेका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ६०७ पुगेको छ । हाल जिल्लामा ९९२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै, रुपन्देहीमा पछिल्लो २४ घण्टामा १४३ संक्रमित निको भएका छन् । यससँगै रुपन्देहीमा निको हुनेको संख्या २६ हजार १५३ पुगेको छ ।

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन् ।

थप विवरण :

No photo description available.