यी हुन् गण्डकीमा सरकार गठनका लागि हस्ताक्षर गर्ने सांसदहरु (नामावलीसहित)

प्रकाशित मिति:

काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।आज गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपालीलाई मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख सीता पौडेल समक्ष पत्र बुझाएका छन् ।

जसमा स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) समेत रहेका छन् । प्रदेश प्रमुख पौडेलले सरकार बनाउन २४ घण्टे आह्वान गरेकी थिइन् । सोही अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांससहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

बिहीवार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् । बिहीवार मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो ।