रिहा भए गणेश लामा

प्रकाशित मिति:

काठमाडौं । बिहीवार पोखरामा पक्राउ परेका गणेश लामा रिहा भएका छन् ।निषेधाज्ञा उल्लंघन गरेको आरोपमा बिहीवार प्रहरीले लामालाई पोखराको लेकसाइडबाट पक्राउ गरेको थियो ।

उनलाई शुक्रवार (आज) जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा प्रहरीले २ हजार धरौटीमा रिहा भएका हुन् ।

बिहीवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले विश्वसाको मत लिने क्रममा राजनीतिक चलखेल बढेका बेला लामा पोखरा पुगेका थिए । सोही क्रममा प्रहरीले उनी राजनीतिक चलखेल गर्न गएको आरोप समेत लगाई पक्राउ गरेको हो ।