कपिलवस्तु सामुदायिक अस्पतालका लागि थाइ राजकिय वौद्ध विहारवाट स्वास्थ्य सामाग्री सहयोग

प्रकाशित मिति:

कपिलबस्तु २८ जेष्ठ। कपिलवस्तु सामुदायिक अस्पतालका लागि थाइ राजकिय वौद्ध विहारवाट स्वास्थ्य सामाग्री सहयोग गरेको छ । थाइ राजकिय वौद्ध विहार, लुम्वीनी र थाइ दूतावासको सहयोगमा कपिलवस्तु सामुदायिक अस्पतालका लागि भेन्टिलेटर, मास्क, सेनिटाइजर लगायतका सामाग्री वाणगंगा नगरपालिकाका मेयर मार्फत आज शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । लुम्विनी विकास कोष सदस्य राजेश ज्ञवालीको सहजीकरणमा थाइ राजकिय विहारले सामाग्री हस्तान्तरण गरेको हो ।  राजकिय वौद्ध विहारले थाई जनताका तर्फवाट कोरानो माहामारीमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ । राजकिय थाइ विहारले वुद्ध सर्किट भित्र रहेका अन्य अस्पतालहरुमा समेत सहयोग निरन्तर गरि रहेका राजेश ज्ञवालीले जानकारी गराएका छन्, भने आउने दिनमा समेत सहयोग जुटाउन प्रतिवद्ध रहेका समेत जानकारी गराए ।

त्यस्तै कपिलवस्तु सामुदायिक अस्पतालका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा वाणगंगा नगरपालिका प्रमुख  मंगल प्रसाद थारुले आफ्नो नगरपालिका रहेको अस्पतालमा थाई  राजकिय विहार मार्फत लाखौंको सहयोग भएकोमा विहार प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । वाणगंगा नगरपालिकाको मुटुमा अवस्थित सामुदायिक अस्पताललाई थप विकास गर्नु पर्ने र यहाँ स्थित सवै संघ संस्था, उद्योग वाणिज्य माहासंघ लगायत सवै नागरिकको समेत व्यापक सहभागिता गराउदै जानु पर्नेमा जोड दिए ।  उद्योग वाणिज्य माहासंघका अध्यक्ष डोलकराम घिमिरेले एक संजाल गठन गरी सामुदायिक अस्पतालको विकासका लागि काम गरिरहेको वताए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा अन्य अतिथिहरु विष्णु न्यौपाने, शक्ति सिंह ठकुरी, चन्दकान्त पोखरेल, सागर श्रेष्ठ, शंकर पौडेल लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य सामाग्री सहयोग भिक्षु फ्रा बोधीविड्सले थाई जनताको सानो सहयोग नेपाली जनतालाई गर्न पाउँदा खुसी भएको बताए ।